आज कस्तो रहनेछ त मौसम?



अहिले बिहान देशका पहाडी भूभागमा बादल लाग्नुका साथै तराईका अधिकांश ठाउँ हुस्सु र कुहिरोले ढाकेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका उच्च हिमाली तथा पहाडी भूभागमा हिमपातको सम्भावना रहेको छ। बाँकी भूभागमा आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहने मौसमविद् गोविन्द झाले जानकारी दिए।

‘पहाडी भूभागमा आंशिक बदलीको सम्भावना छ। कोशी, बागमती, गण्डकी प्रदेशका उच्च हिमाली तथा पहाडी भूभागमा हिमपातको सम्भावना रहेको छ,’ झाले सेतोपाटीसँग भने, ‘उल्लेखनीय मौसम प्रणाली नरहेकाले पानी पर्ने सम्भावना भने एक–दुई दिन देखिँदैन।’

काठमाडौं उपत्यकामा चिसो बढेको छ। अहिले बिहान ६ बजेको न्यूनतम तापक्रम ६।५ डिग्री सेल्सियस रहेको उनले बताए। दिउँसोको अधिकतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियसकाबीच रहने पनि उनले जानकारी दिए।

प्रकाशित मिति: २०८० पुष १६, सोमबार १२:५९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको