सांसद हृदयरामले दिए बालकुमारी घटनामा ज्यान गुमाएका परिवारलाई रोजगारीको बन्दोबस्त गर्न सुझाव



काठमाडौँ । कांग्रेस सांसद हृदयराम थानीले बालकुमारी घटनामा परी ज्यान गुमाएका परिवारलाई आर्थिक क्षतिपूर्तिसहित रोजगारीको बन्दोबस्त गर्न सुझाव दिएका छन् ।

आज राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्रीसहित सुरक्षा निकायका प्रमुखहरूसँगको छलफलमा सांसद थानीले राहतका साथै रोजगारीको व्यवस्था गर्न सुझाव दिएका हुन् । ‘बालकुमारी घटनामा मृतकका परिवारको आर्थिक अवस्था कमजोर छ । मृतकहरू कहाँ जाँदै थिए रु रोजगारीका लागि जाँदै थिए । आमा, बाबु, दिदीबहिनी पाल्नुपर्ने भनेर जान लागेका उनीहरूलाई दिइएको १० र२० लाख मासिन सक्छ,’ उनले सरकार र सम्बन्धित निकायले दिने राहत अपुग हुने बताए ।

‘उनका परिवारलाई तत्काल रोजगारीको व्यवस्था गरियोस् भन्ने कुरा गृहमन्त्रीलाई भन्न चाहन्छु’, सांसद थानीको भनाइ छ ।

प्रकाशित मिति: २०८० पुष १६, सोमबार १२:४५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको