आज सुन–चाँदीको मूल्य



काठमाडौँ । साताको अन्तिम कारोबार दिन अर्थात् शुक्रबार नेपाली बजारमा सुन–चाँदीको मूल्य स्थिर रहेको छ। अघिल्लो दिन अर्थात् बिहीबार प्रतितोला एक हजार तीन सय रूपैयाँ घटेको सुनको मूल्य आज स्थिर रहेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १९ हजार पाँच सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार नौ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।

बिहीबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो। त्यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि स्थिर रहेको छ।

बिहीबार प्रतितोला १४ सय २० रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस दुई हजार ४५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रकाशित मिति: २०८० पुष २०, शुक्रबार १३:०४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको