राष्ट्रियसभा निर्वाचनमा नेकपा (एस) का दुई उम्मेदवार



काठमाडौँ । नेकपा एकीकृत समाजवादी ले आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि दुई जना उम्मेदवारको नाम सार्वजनिक गरेको छ ।

बागमती प्रदेशका दलितकोटाबाट दोलखाका घनश्याम रिजाल र कर्णाली प्रदेशको महिला कोटाबाट दैलेखकी सावित्री मल्ललाई उम्मेदवार बनाउने निर्णय गरेको पार्टीका उपमहासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडाले राससलाई जानकारी दिनुभयो ।



आइतबार बिहान भएको सचिवालय बैठकले उम्मेदवार टुङ्ग्याउने जिम्मेवारी पार्टी अध्यक्ष माधवकुमार नेपाल, उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव घनश्याम भुसाललाई सुम्पेको थियो ।

प्रकाशित मिति: २०८० पुष २३, सोमबार १३:४३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको