राष्ट्रपतिसँग शिष्टाचार भेट



काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन सार्क का नवनियुक्त महासचिव मोहम्मद गोलाम सरवरले शिष्टाचार भेट गर्नुभएको छ ।

राष्ट्रपतिभवनमा आज अपराह्न भएको भेटमा राष्ट्रपति पौडेलले सार्कको संस्थापक सदस्य तथा वर्तमान अध्यक्षको हैसियतमा नेपाल सदस्य राष्ट्रहरुबीच एकता र ऐक्यबद्धताको भावनामा सार्क प्रक्रियालाई अगाडि बढाउन पूर्ण प्रतिबद्ध रहेको बताउनुभयो ।



राष्ट्रपतिको कार्यालयका अनुसार सार्कका अन्य सदस्य राष्ट्रहरुले पनि सहयोग र समझदारीका माध्यमबाट सार्कलाई गति दिनेछन् भन्नेमा आफू आशावादी रहेको राष्ट्रपतिले बताउनुभयो ।

प्रकाशित मिति: २०८० पुष २५, बुधबार १८:१९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको