काठमाडौँ । नेपाली बजारमा केही दिनदेखि ओरालो लाग्दै आएको सुनको मूल्य आज पनि घटेको छ । सुन आज तोलामा दुई सय रुपैयाँ घट्दै प्रतितोला एक लाख १८ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ ।
सुन हिजो प्रतितोला एक लाख १८ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य भने आज स्थिर रहँदै प्रतितोला एक हजार चार सय १० रुपैयाँमा नै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।








