हात्तीको आक्रमणबाट वृद्धको मृत्यु



सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका–५ स्थित सिमरवन जङ्गल नजिक हात्तीको आक्रमणबाट आज एकजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार स्थानीयवासी ६९ वर्षीय भीमबहादुर विष्टको मृत्यु भएको हो ।

जङ्गलबाट घाँस लिएर आइरहेका उहाँमाथि हात्तीले आक्रमण गरेको थियो । प्रहरीका अनुसार उहाँको घटनास्थलमै मृत्यु भएको हो । विष्टको शव परीक्षणका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ ।



प्रकाशित मिति: २०८० पुष २६, बिहीबार १९:०४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको