बलात्कार मुद्दामा फरार प्रतिवादी पक्राउ



काठमाडौँ । बलात्कार मुद्दामा फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । सप्तरीको राजविराज घर भएर स्यूचाटार बस्ने अनिरुद्ध यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी कुमोध ढुंगेलले रातोपाटीलाई बताए ।

आरोपी विरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौँमा बलात्कार मुद्दा दर्ता भएको छ । मुद्दा दर्ता भएपछि उनी फरार थिए । आरोपी विरुद्ध अदालतबाट म्याद लिएर अनुसन्धान भइरहेको एसपी ढुंगेलले जानकारी दिए ।

प्रकाशित मिति: २०८० पुष २६, बिहीबार १३:५९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको