मुख्यमन्त्रीद्वारा घाइतेको उपचारमा विशेष ध्यान दिन निर्देशन



दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले गएराति दाङको भालुवाङमा राप्ती पुलबाट नदीमा बस खसेर भएको दुर्घटनाबाट आफू मर्माहत भएको बताउँदै घाइतेहरुको उपचारमा विशेष ध्यान दिन निर्देशन दिनुभएको छ ।

मुख्यमन्त्री चौधरीले दुर्घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उपचारमा गम्भीर बन्न र उपचारमा कुनै कमी हुन नदिन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । उहाँले आज एक विज्ञप्ति जारी गरी दुर्घटनामा ज्यान गुमाएकाहरुका परिवारजनमा शोक व्यक्त गर्नुभएको छ ।



नेपालगञ्जबाट काठमाडौँ गइरहेको यात्रुवाहक बस दाङको भालुवाङस्थित राप्ती नदीमा शुक्रबार राति खस्दा त्यसमा सवार १२ जनाको मृत्यु भएको छ । दुर्घटनामा ज्यान गुमाएका आठजनाको सनाखत भएको छ ।

प्रकाशित मिति: २०८० पुष २८, शनिबार १८:११

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको