गाउँपालिका उपाध्यक्ष जोशीको निधन



बाजुरा । बाजुरा जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिकाकी उपाध्यक्ष मैना जोशीको ५० वर्षको उमेरमा बिहीबार बिहान निधन भएको छ ।

लामो समयदेखि क्यान्सरबाट पीडित जोशीको स्वामीकार्तिक खापर गाउँपालिका–४ स्थित आफ्नै निवासमा मृत्यु भएको सो गाउँपालिकाका अध्यक्ष भरतबहादुर रोकायाले राससलाई जानकारी दिनुभयो ।



विसं २०७९ को स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट निर्वाचित उपाध्यक्ष जोशीले लामो समयदेखि क्यान्सरको उपचार गराइरहनुभएको थियो । उहाँ नेपाली कांग्रेस जिल्ला कार्यसमिति बाजुराको सदस्य पनि हुनुुुहुन्थ्यो ।

प्रकाशित मिति: २०८० माघ ४, बिहीबार १८:३४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको