संविधान बचाउने कर्तव्य राजनीतिक दलको होः नेता कोइराला



चितवन । नेपाली कांग्रेसका नेता डा शशाङ्क कोइरालले अहिलेको संविधान जोगाउने कर्तव्य राजनीतिक दल भएको बताउनुभएको छ ।

आज यहाँ पत्रकारसँग कुरा गर्दै उहाँले संविधानमाथि छेडखानी गर्नु राम्रो नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “लामो समयदेखिको उपलब्धिलाई खेलवाड गर्नुहुँदैन ।” उहाँले राजतन्त्र स्थापना गर्नु भनेको आन्दोलनको प्राप्ति रक्षा हुन नसक्नु रहेको पनि बताउनुभयो ।

उहाँले अहिलेको समुदायमा कांग्रेस कार्यक्रम २०८४मा हुने निर्वाचन लक्षित गरी सञ्चालन गरिएको बताउनुभयो ।

प्रकाशित मिति: २०८० माघ १७, बुधबार १८:३३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको