कांग्रेस महासमिति बैठकका लागि यातायात व्यवस्थापन उपसमितिमा सदस्य थप



काठमाडौँ । नेपाली कांग्रेसको आगामी फागुन ७ गतेदेखि १० गतेसम्म ललितपुरको गोदावरीमा हुन लागेको महासमिति बैठकको यातायात व्यवस्थापन उपसमितिमा सात सदस्य थप गरिएको छ ।

महासमिति बैठकमा जान आउनका लागि आवश्यक पर्ने यातायात सुविधालाई व्यवस्थित एवं प्रभावकारी बनाउनका लागि पार्टी केन्द्रीय सदस्य धना खतिवडाको संयोजकत्वमा रहेको उपसमितिमा आज सातजना सदस्य थप गरिएको हो ।

उपसमितिमा योगेन्द्रनाथ कर्माचार्य काभ्रेपलाञ्चोक, केदारनाथ पौडेल बर्दिया, शरद अधिकारी धादिङ, सानुकाजी प्रजापति काठमाडौँ, सुवन गिरी नुवाकोट, धर्म भण्डारी झापा र महेश्वर थापा ललितपुर लाई थप गरिएको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

प्रकाशित मिति: २०८० माघ २८, आईतवार १८:०३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको