माओवादी विधान अधिवेशनः बीस समूह बनाएर छलफल



काठमाडौँ । राजधानीमा आजदेखि सुरु भएको नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको प्रथम विधान अधिवेशनमा २० समूह बनाएर छलफल थालिएको छ । सहभागीमध्येबाट एक समूहमा ५० देखि ५५ जना छुट्टयाइएर विधान मस्यौदमा छलफल प्रारम्भ गरिएको महासचिव देवप्रसाद गुरुङले राससलाई जानकारी दिनुभयो ।

भोलि बुधबार अपराह्न १ बजेसम्म छलफल गरी आफ्नो समूहको निष्कर्ष अधिवेशनमा प्रस्तुत गर्नुपर्ने उहाँले जानकारी दिनुभयो । बीसवटै समूहबाट प्राप्त सुझावका आधारमा विधानलाई अन्तिमरुप दिइनेछ ।

तीन दिनसम्म सञ्चालन हुने सम्मेलनमा एक हजार दुई सयभन्दा बढी प्रतिनिधिको सहभागिता छ । सम्मेलनमा केन्द्रीय सदस्य, वैकल्पिक केन्द्रीय सदस्य, तीन केन्द्रीय आयोगका सदस्य, सात भौगोलिक र तीन गैरभौगोलिक प्रदेशका पदाधिकारी तथा जनवर्गीय सङ्गठनका पदाधिकारीको सहभागिता छ ।

प्रकाशित मिति: २०८० फाल्गुन १, मंगलवार १८:३७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको