अग्निपीडितलाई नेपाली कांग्रेसको सहयोग



इनरुवा । सुनसरी देवानगन्ज गाउँपालिका–४ का अग्निपीडित परिवारलाई नेपाली कांग्रेस सुनसरीले आज राहत सामग्री वितरण गरेको छ । नेपाली कांग्रेसले स्थानीय कालादेवी पालको परिवारलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजीव कोइराला नेतृत्वको टोलीले पीडितपरिवारलाई राहत सामग्री वितरण गरिएको हो ।

पीडित परिवारलाई त्रिपाल, तेल, नून, चामललगायत खाद्यन्न प्रदान गरेको नेपाली कांग्रेसका जिल्ला सभापति एवं इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीले राससलाई जानकारी दिनुभयो ।

प्रकाशित मिति: २०८० फाल्गुन ३, बिहिवार १९:०४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको