प्रधानसेनापति शर्माद्वारा पाथीभराको दर्शन



ताप्लेजुङ । प्रधानसेनापति प्रभुराम शर्माले आज पाथीभराको दर्शन गर्नुभएको छ । बिहान हेलिकप्टरमार्फत पाथीभरा आउनुभएका शर्माले पाथीभराको दर्शन गरेर फर्किनुभएको हो ।

नेपाली सेनाको हेलिकप्टरमा आउनुभएका शर्मा पाथीभराको दर्शन ९पूजापाठ० पछि सुकेटार विमानस्थल हुँदै फर्किनुभएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।

पाथीभराको दर्शनपछि यस क्षेत्रमा पछिल्लो समयमा भएको समग्र परिवर्तनले आफू उत्साहित बनेको उहाँले बताउनुभयो । गत वर्ष पनि पाथीभराको दर्शनमा आउनुभएका शर्माले यस पटक आउँदा पाथीभरा क्षेत्रमा धेरै परिवर्तन भएको बताउनुभयो । शर्मा सुकेटार विमानस्थल हुँदै काठमाडौँ फर्किनुभएको छ ।

प्रकाशित मिति: २०८० फाल्गुन ४, शुक्रवार १७:०३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको