गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै



गण्डकी । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिनुहुने भएको छ । दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

गत चैत २५ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएका अधिकारीले संवैधानिक व्यवस्थाअनुसार आज विश्वासको मत लिन लाग्नुभएको हो । नेपाल कम्युनिष्ट पार्टी ९एमाले०, नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र० र एक स्वतन्त्र प्रदेशसभा सदस्यको समर्थनमा उहाँ मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो ।

प्रकाशित मिति: २०८१ बैशाख २३, आइतवार १८:५७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको