जसपाद्वारा सरकारलाई दिएको समर्थन फिर्ता



काठमाडौँ । जनता समाजवादी पार्टी जसपा नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
जसपा अध्यक्ष उपेन्द्र यादवले आज सभामुखलाई पत्र पठाउँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराउनुभएको हो । अध्यक्ष यादवले जसपाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिई सरकारबाट समेत बाहिरिएको बताउनुभयो ।

उहाँले आफ्नो पार्टी सरकारबाट समेत बाहिरिएकाले संसदमा प्रतिपक्षमा नै बसी रचनात्मक भूमिका निर्बाह गर्ने बताउनुभयो ।

प्रकाशित मिति: २०८१ बैशाख ३१, सोमवार १८:३०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको