तस्बिर प्रदर्शनीले राजनीतिक दलका नेतालाई सचेत गराएको छ : नेता केसी



काठमाडौँ । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले राष्ट्रिय समाचार समिति रासस मा प्रदर्शनी गरिएको तस्बिरले पूर्वाधार विकासका निम्ति राजनीतिक दलका नेताहरुलाई सचेत गराएको बताउनुभएको छ ।

गणतन्त्र दिवस(२०८१ का अवसर पारेर राससले प्रदर्शनी गरेको ‘गणतन्त्रका उपलब्धिः समृद्धिका लागि पूर्वाधार’ शीर्षकको तस्बिर प्रदर्शनी उहाँले आज अवलोकन गर्दै भन्नुभयो, “राष्ट्रिय समाचार समितिले प्रत्येक बर्ष राष्ट्रिय महत्वका पक्षहरुलाई उजागर गर्ने क्रममा यसपालि देशमा निर्माणाधीन राष्ट्रिय विकासका पूर्वाधारहरु प्रदर्शनी गरेको छ, जो आफैँमा महत्वपूर्ण छ ।”

उहाँले पूर्वाधार विकासका कामलाई पूर्णता दिन प्रदर्शनीले उत्प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभयो । नेता केसीलाई राससका महाप्रबन्धक सिद्धराज राई, नायब महाप्रबन्धक सोमनाथ लामिछाने र प्रधान सम्पादक उत्तम सिलवाललगायतले प्रदर्शनीमा राखिएका तस्बिरका बारेमा जानकारी गराउनुभएको थियो ।

यही जेठ १० गतेदेखि सुरु भएको प्रदर्शनीमा राष्ट्रिय तथा प्रादेशिक गौरवका आयोजनासम्बन्धी ९५ तस्बिर समावेश छन् । राससले गत वर्ष गणतन्त्र दिवसका अवसरमा ‘हाम्रो संस्कृतिः हाम्रो सम्पदा’ शीर्षकमा तस्बिर प्रदर्शनी गरेको थियो ।

प्रकाशित मिति: २०८१ जेष्ठ २०, आइतवार १८:३९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको