कार्यकर्तालाई खुशी पार्न बोली फेर्दै मधेश सरकार



जनकपुरधाम, माघ ६ । मधेश प्रदेश सरकारले कार्यकर्तालाई खुशी पार्नकालागि आफैले गरेको निर्णय विपरीत निर्णय गर्न लागेको छ । मधेश प्रदेश सभाको चौथो अधिवेशनको जारी बैठकमा मुख्यमन्त्री सतिशकुमार सिंह मुख्यमन्त्रीको पदभार ग्रहण गर्दा उपभोक्ता समितिबाट नभई बोलपत्रबाट विकास निर्माणको काम गर्ने निर्णय गरेका थिए तर अहिले त्यो निर्णयलाई बद्र गर्दै उपभोक्ता समिति मार्फत नै काम गर्ने निर्णय गर्न थालिएको छ ।

मुख्यमन्त्री सिंहले उपभोक्ता समिति मार्फत काम गर्दा कमसल तथा कार्यकर्ता पालनपोषण गर्ने गरेको आरोप आफ्नो सरकारमाथि नलागोस र विगतका सरकारहरुले कार्यकर्ता पालन पोषण गर्नकैलागि उपभोक्ता समिति मार्फत काम गराउने गरेको आरोप समेत लगाएका थिए ।

तर, अहिले उनी संगै उनका क्याविनेटमा रहेका मन्त्रीहरु उपभोक्ता समित मार्फत काम गराउनुपर्ने भन्दै निर्णय उल्टाउन लागेका छन् ।

जनमत पार्टीको नेतृत्वमा रहेको मधेश प्रदेश सरकारबाट जनताले अपेक्षा गरे अनुरुपको काम हुन नसकेपछि कार्यकर्तालाई खुशी पार्नकालागि नै उपभोक्ता समिति मार्फत काम गर्न निर्णय गरिन थालेको सांसदहरुले प्रदेश सभामा आरोप लगाएपछि मधेश प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री सरोज यादवले बोलपत्र (टेण्डर) भन्दा उपयुक्त काम उपभोक्ता समितिले गरेको भन्दै जनता र सांसद दुवैलाई ढाटेका थिए ।

सांसदहरुलाई जवाफ दिँदै मन्त्री यादवले भने–‘हामीले रेक्र्ड के निकाल्यौ भने १७५.६३ किलोमिटर सडक उपभोक्ता समिति मार्फत निर्माण गर्यौं, यथेष्ट पैसा टेण्डरमा छदा छदै पनि कामको प्रगति हेर्दा टेण्डर भन्दा उत्कृष्ट उपभोक्ता समितिको थियो ।’

मधेश प्रदेश सरकारको नेतृत्व लालबाबु राउत गर्दा वा सरोजकुमार यादव गर्दा प्रतिपक्षी संगै जनमत र एमाले तथा कांग्रेसका सांसदहरुले उपभोक्ता समिति मार्फत काम गर्नु भनेको कार्यकर्ता पालन पोषण गर्नु रहेको भन्दै कटाक्ष गर्ने गरेका थिए ।

जनमत पार्टीको नेतृत्वमा सरकार बन्दा वर्तमान मुख्यमन्त्री सतिशकुमार सिंहको कैची सवै भन्दा पहिला उपभोक्ता समिति माथिनै चलेको थियो तर अहिले आएर ती मन्त्रीले विगतमा उपभोक्ता समितिले उत्कृष्ट काम गरेको भन्दै फेरि उपभोक्ता समिति मार्फतनै काम गराउन चाहेको विषय संकास्पद र जनतालाई मुर्ख बनाउनु रहेको विपक्षी दलका सांसदहरुले आरोप लगाए ।

प्रकाशित मिति: २०८१ माघ ६, आइतवार १७:१९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको