जनकपुरमा देउवा र निधीको पुत्ला दहन



जनकपुरधाम, माघ ६ । राजर्षि जनक विश्वविद्यालय केन्द्रिय क्याम्पस जनकपुरधामका विद्यार्थीहरुले पूर्व प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरवहादुर देउवाको पुत्ला दहन गरेका छन ।
नेपाली काँग्रेसका भातृ संगठन नेपाल विद्यार्थी संघले आयोजन गर्न लागेको जय नेपाल कप क्रिकेट प्रतियोगितामा राजर्षि जनक विश्वविद्यालय टिमको नाम समावेश गरेपनि अन्तिम समयमा हटाएको भन्दै विद्यार्थीहरुले पूर्व प्रधानमन्त्री देउवा र काँग्रेस नेता विमलेन्द्र निधिको पुत्ला दहन गरेको हो ।
अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य श्याम साहको नेतृत्वमा विद्यार्थीहरुले जनकपुरधामको रामानन्द चौकमा नेविसंघ विरुद्ध नारावाजी गर्दै नेताद्वयको पुत्ला दहन गरेको हो ।
आयोजकले शुरुमा राजर्षि जनक विश्वविद्यालयलाई समेत सहभागी गराउने जनाएपनि पछिल्लो समयमा नाम हटाएपछि विद्यार्थीहरु आन्दोलित भएको विद्यार्थी नेता साहले बताए ।
उनले शनिवार विहान सम्म खेल तालिकामा राजर्षि जनक विश्वविद्यालयको नाम समावेश रहेपनि अन्तिम समयमा नाम हटाएको आरोप लगाएका छन ।
नेपाल विद्यार्थी संघकै आग्रहमा राजर्षि जनक विश्वविद्यालयले प्रशिक्षक नियुक्त गर्नुका साथै खेल सामग्री समेत खरिद गरेर टोली पठाउने अन्तिम तयारीमा रहेको अवस्थामा खेल तालिका बाट नाम हटाएपछि नेविसंघ विरुद्ध आन्दोलन गर्नु परेको विद्यार्थी नेता साहले बताएका छन ।
सोमबारदेखि कीर्तिपुरस्थित त्रिवि मैदानमा शुरुहुने प्रतियोगितामा तीन देशका ८ विश्वविद्यालयका टोली सहभागी रहेका छन ।
समूह ‘ए’ त्रिभुवन विश्वविद्यालय, ढाका विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय र बाबासाहेब भीम राव अम्बेडकर विश्वविद्यालय बिहार छन ।
समूह ‘बी’ मा काठमाडौं विश्वविद्यालय, लखनऊ विश्वविद्यालय, दिल्ली विश्वविद्यालय र मध्यपश्चिम विश्वविद्यालय छन ।
सोमबार दिउँस सवा १२ मा हुने उद्घाटन खेलमा त्रिभुवन विश्वविद्यालय र बिहारबीच खेल हुँदैछ ।

नौं दिनसम्म चल्ने प्रतियोगिता जलवायु परिवर्तनको मुद्दालाई प्रवर्धन र ग्रासरुट क्रिकेटको विकासका लागि आयोजना गर्न लागिएको संघले जनाएको छ।



प्रतियोगिताको विजेताले १५ लाख पाउनेछ भने उपविजेतालाई १० लाख रूपैयाँ प्रदान गरिनेछ। यस्तै उत्कृष्ट खेलाडीसहित अरु पुरस्कारको राशीमा ५ लाख खर्च हुँदा कुल पुरस्कार राशी ३० लाख रूपैयाँ रहेको छ।

प्रकाशित मिति: २०८१ माघ ६, आईतवार १५:४६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको