सुनको भाउ घट्यो



सुनको भाउ आज तोलामा एक सय रुपैयाँले घटेको छ ।

नको भाउ आज तोलामा एक सय रुपैयाँले घटेर एक लाख ५७ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुन तोलाको एक लाख ५७ हजार एक सय रुपैयाँ रहेको थियो ।



यस्तै चाँदीको भाउमा भने घटबढ भएको छैन । आज चाँदीको भाउ हिजो जस्तै तोलाको एक हजार आठ सय ६० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

प्रकाशित मिति: २०८१ माघ ७, सोमबार १२:०९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको