गाडी दुर्घटनमा मधेश प्रदेशका स्वास्थ्य मन्त्री सिंह घाइते



जनकपुरधाम, माघ ८ । जनकपुरधाममा  दुईवटा सरकारी गाडी एक आपसमा ठोक्किदा मधेश प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शत्रुधनप्रसाद सिंह घाइते हुनुभएको छ ।

सोमबार राति साढे ९ बजेतिर जनकपुरधामको रामानन्द चोकमा मन्त्री सिंह चढेको मधेश प्रदेश ०२–००१ झ ०१६५ नम्बरको गाडी र प्र ०३–००१ झ ००९६ नम्बरको गाडी ठोक्किएका हुन् । पिरारी चोकबाट रामानन्द चोकमा रहेको निवासतर्फ जाँदै गरेका बेला मन्त्रीको गाडीलाई सोही दिशामा जाँदै गरेको अर्काे गाडीले गाडीले ठक्कर दिएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी बरुणबहादुर सिंहले जनाएका छन् ।



दुर्घटनामा घाइते हुनुभएका मन्त्री सिंहको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार भइरहेको छ । उहाँको अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ ।  मन्त्री सिंहलाई भेट्न अस्पताल पुग्नुभएका मधेशका मुख्यमन्त्री सतिशकुमार सिंहले घटनाबारे छानबिन गर्न धनुषाका डीएसपीको नेतृत्वमा छानबिन समिति गठन गरेको जानकारी दिनुभएको छ ।

अर्को गाडी खानेपानी डिभिजन कार्यालय पर्साको रहेको र चालक घाइते रहेका धनुषाका प्रहरी प्रवक्ता सिंहले जानकारी दिनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको पनि उहाँले बताउनुभएको छ ।

प्रकाशित मिति: २०८१ माघ ८, मंगलवार १२:५६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको