राष्ट्रपतिद्वारा माघ १८ गतेका लागि संसद्काे हिउँदे अधिवेशन आह्वान



काठमाण्डौ,माघ ८ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को हिउँदे अधिवेशन आह्वान गर्नुभएको छ ।

राष्ट्रपतिले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिशमा यही माघ १८ गते शुक्रवार सङ्घीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको हो । यसअघि हिजोको मन्त्रिपरिषद् बैठकले राष्ट्रपतिसमक्ष संसद् अधिवेशन आह्वानका लागि सिफारिश गरेको थियो ।



सरकारको सिफारिशका आधारमा माघ १८ गते दिउँसो १ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: २०८१ माघ ८, मंगलवार १३:०७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको