संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा ब्युँत्याउने प्रयास सुरु



जनकपुरधाम, माघ ८ । मधेश केन्द्रित दलहरु बीच मोर्चाबन्दी हुने चर्चा चलिरहेको बेला संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा ब्युँत्याउने प्रयास सुरु भएको छ ।

२०६४ सालमा भएको दोस्रो मधेश आन्दोलनका नेतृत्वकर्ता दलहरु बीच मोर्चा बन्दीको प्रयास सुरु भएको जनता समाजवादी पार्टी नेपालका महासचिव लालबाबु राउतले जनाएका छन् ।

मधेश टुडे संग कुृराकानी गर्दै महासचिव राउतले मधेश केन्द्रित दलहरु बीचको सहकार्य एवं एकताका लागि जनता समाजवादी पार्टी (जसपा) नेपाल सदैव तत्पर एवं इमान्दार रहेको बताउँदै मधेश विद्रोह लाई ८ बुन्दे सम्झौता मार्फत उचाईमा पु¥याउने तत्कालिन दलहरु र त्यसका नेताहरु बीचको सहकार्यका लागि आफूहरु पहल गरिरहेको बताए ।

जनता समाजवादी पार्टी नेपालको माघ १९ र २० गते हुने कार्यकारिणी समितिको बैठक बाट यस विषयमा पार्टीको तर्फ बाट ठोस धारणा आउने उनको कथन छ ।

जसपा नेपालले मुलुकको समसमायिक राजनीतिक गतिविधी, पार्टीले संचालनको संगठन सुदिृढिकरण अभियानका साथै मोर्चा बारे ठोस अवधारण सार्वजनिक गर्न जसपा नेपालले कार्यकारिणी समितिको बैठक बोलाउन लागेको छ ।

पार्टीका पदाधिकारी तथा सदस्यहरुलाई आ–आफ्नो जिम्मेवारी र कार्यक्षेत्रअन्तर्गत भए गरेका कार्य प्रगति विवरणको लिखित प्रतिवेदनसहित बैठकमा अनिवार्य उपस्थित हुन भनिएको छ ।

प्रकाशित मिति: २०८१ माघ ८, मंगलवार १२:२८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको