सुनको भाउ बढ्यो



सुनको भाउ आज एकैदिन तोलामा एक हजार एक सय रुपैयाँले बढेको छ ।

सुनको भाउ आज तोलामा एक हजार एक सय रुपैयाँले बढेर एक लाख ५८ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुन तोलाको एक लाख ५७ हजार रुपैयाँ रहेको थियो । यस्तै चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले बढेको छ । आज चाँदीको भाउ तोलाको एक हजार आठ सय ७५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको एक हजार आठ सय ६० रुपैयाँ रहेको थियो ।



प्रकाशित मिति: २०८१ माघ ८, मंगलवार १२:५०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको