ओली नेतृत्वको सरकारको आयु लामो छैनः प्रचण्ड



जनकपुरधाम, माघ १० । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ओली नेतृत्वको सरकारको आयु धेरै लामो नरहेको बताएका छन ।

आज बिहान सुर्खेत विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै उनले वर्तमान सरकार अवैध तरिकाले बनेकोले धेरै टाढा नजानेमा भने आफूहरू प्रस्ट रहेको दाबी गरे । ‘यो सरकार धेरै अगाडि जाँदैन भनेर सुरुवाती चरणमा नै भन्दै आएको थिए । प्रधानमन्त्रीको पार्टीमा नै उकुसमुकुस भइरहेको छ’ उनले भने ।

प्रधानमन्त्री केपी शर्मा नेतृत्वको सरकार धेरै अगाडि नजानेमा ढुक्क देखिएका प्रचण्डले नेपाली कांग्रेससँग सहकार्य हुनसक्ने संकेत गरेका छन । ‘नीतिगत रुपमा सरकारको आयु धेरै लामो छैन । जुन ढंगले सरकारको जन्म भयो त्यो लामो आयुको छैन । तर हामीलाई सरकारमा अहिले कुनै रुचि छैन । यद्यपि चितवनमा शेखर जीहरुसँग भेट हुँदा के कुरा भएको थियो त्यो हुनसक्छ ’ प्रचण्डले भने ।
यस चितवनमा प्रचण्डले शेखर कोइराला संगै बसेर सरकारको आयु लामो नरहेको भनि रहदा शेखर मुसुमुसु हाँसेका थिए ।

प्रकाशित मिति: २०८१ माघ १०, बिहिवार १०:४७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको