अतिश कुमार मिश्र
जनकपुरधाम , माघ ११ । विहिवार मधेशको राजनीतिका लागि एउटा संयोग जु¥यो । मधेशवादी नेता स्व. गजेन्द्र नारायण सिंहको २४ औं स्मृति दिवस ।
गजेन्द्र नारायण सिंह अध्ययन केन्द्रले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा मधेश केन्द्रित सबै दलका शिर्ष देखी दोस्रो तहका नेता सम्म एउटै मञ्चमा जम्मा हुन पुगे । मधेश केन्द्रित दलहरु बीच मोर्चाबन्दीको चर्चा चलि रहेको बेला यो जमघट आफै अद्वितिय देखियो । किन भने मोर्चाबन्दीका लागि भन्दै भएको बैठकमा समेत यस प्रकारको उपस्थिति देखिएको थिएन ।
शीर्ष नेता देखी पत्रकार र अभियन्ता सम्मको उपस्थिति रहेको उक्त कार्यक्रम मधेश मामिलामा दखल राख्नेहरुका लागि समग्र थलो बन्न पुगेको थियो । सबैको ध्यान केन्द्रित थियो । कुन नेताले के बोल्लान ? मधेश केन्द्रित मोर्चाको विषयले स्थान पाउछ वा पाउदैन ? मधेश केन्द्रित दलहरु बीच देखिएको घोंचपेच सहजतामा पुग्लान की पुग्दैन ?
कार्यक्रम शुरु हुने वितिकै दोस्रो तहका नेताहरुले गजेन्द्रबाबुको योगदान , मधेश आन्दोलनको दिशा र दशा बारे आ–आफनो धारणा राख्न शुरु गरे । उनिहरु आफनो धारणा राखी राख्दा स्रोताहरुको ध्यान शीर्ष नेताहरुले के बोल्लान भन्ने विषयमै केन्द्रित थियो । किन भने मञ्चमा उपस्थित कतिपय नेताहरु बीच वर्षौ देखी बोलचाल समेत नरहेको अवस्था थियो । कार्यक्रम अन्तमा आउदा शीर्ष नेताहरुले आफनो धारणा राख्न शुरु गरे । सबैको एउटै स्वर थियो , संघीयता र गणतन्त्रको रक्षाको लागि एक जुट हुनुको विकल्प छैन ?
उपेन्द्र यादव
कार्यक्रमलाई सम्बधोन गर्दै जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द यादवले मधेश विद्रोह र दोस्रो जनआन्दोलनबाट प्राप्त संघीयता र गणतन्त्रको रक्षाका लागि एकता र मोर्चाबन्दी आजको एक मात्र विकल्प रहेको बताए । प्रतिगमनकारी शक्तिहरू फेरि परिवर्तनलाई प्रतिगमनमा बदल्ने तयारी गर्न थालेकाकाले संघीयता पक्षधरहरुलाई एक जुट हुनु पर्ने बताए । ‘क्रान्तिका र परिवर्तनका उपलब्धिहरू गुम्ने खतरा भयो, प्रतिगमनकारी शक्तिहरू फेरि परिवर्तनलाई प्रतिगमनमा बदल्ने तयारीमा छ, तसर्थ हामी एक जुटहुनुको विकल्प छैन’ यादवले भने ।
मधेश केन्द्रित दलहरु विभाजन हुदाँ संघीयता र गणतन्त्र कमजोर हुन थालेको बताउदै अध्यक्ष यादवले २०६३ ÷६४को महान मधेश विद्रोहका नेतृत्वकर्ता दलहरु बीचको मोर्चाबन्दी अपरिहार्य रहेको बताए । तत्कालिन लोकतान्त्रिक मधेशी मोर्चा तर्फ संकेत गर्दे
अध्यक्ष यादवले एकतासँगै परिवर्तनविरोधी तागतकाविरुद्ध संघर्षको आवश्यकता समेत औल्याए ।
राजेन्द्र महतो
कार्यक्रममा राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले क्रान्ति बाट प्राप्त उपलब्धिहरुको रक्षाका लागि एकता र सहकार्यको आवश्यकता औल्याए । उनले भने,‘ हामीले पटक पटक आन्दोलन ग¥यौ , उपलब्धि समेत पायौ , तर ती उपलब्धिहरु अझै संस्थागत हुन सकेको छैन । हामी कहाँ चुक्यौ समीक्षा गर्नै पर्छ ।’
मधेश केन्द्रित दलहरु बीच मोर्चाबन्दीको कुरा चलि रहेको बेला अध्यक्ष महतोले मोर्चाको उद्देश्य र औचित्यमाथि पहिले छलफल हुनु पर्ने बताए । उनले भने ,‘ मधेशी , थारु, मुस्लिम, आदिवासी जनजाति छुट्टाछुट्टै आन्दोलन ग¥यौ तर अन्तिम निष्कर्षमा पुग्न सकेनौ तसथै अबको आन्दोलन वृहत मोर्चाबन्दी मार्फत हुनु पर्दछ । मधेश केन्द्रित दलहरु बीचको मात्र मोर्चाबन्दीले निष्कर्षमा पुग्न नसकिने बताए ।
सिके राउत
कार्यक्रममा जनमत पार्टीका अध्यक्ष डा.चन्द्रकान्त राउतले गजेन्द्र बाबुको योगदानमाथि मात्र केन्द्रित भएपनि बाहिरर संचारकर्मीहरु संग कुरा गर्दै देशमा दुई दलीय व्यवस्था लाद्ने षड्यन्त्र भइरहेकोले त्यसका विरुद्ध एकीकृत

संघर्षको आवश्यकता औल्याए ।
मधेशवादी दलहरू अब एक हुने ठूलो सम्भावना रहेको बताउँदै उनले कांग्रेस–एमाले बाहेकका सबै दल सडकमा आउने सम्भावना रहेको जिकिर गरे ।
‘मधेशवादी दलहरू एकत्रित हुने ठूलो सम्भवाना छ । किनभने दुई वटा ठूला दल आपसमा मिलेर सरकार बनाएका छन । जुनकुरा लोकतान्त्रिक देशमा विरलै हुने कुरा हो,’ उनले भने, ‘मधेश केन्द्रित दलहरू मात्रै होइन, ती दुई दलहरू बाहेक अरु सबै दलहरू मिलेर सडकमा आउने सम्भावना प्रवल देखेको छु ।’
सरकारका पछिल्ला निर्णयहरूले दुई दलीय व्यवस्था लाद्ने षड्यन्त्र भइरहेको महसुस गरेको उनको भनाइ थियो ।
हृदयेश त्रिपाठी

कार्यक्रमलाई सम्बोधन गर्दै जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले मधेश विद्रोहका एजेण्डालाई संस्थागत गर्न एकीकृत हुनुपर्ने बताए । डा.बाबुराम भट्टराई प्रधानमन्त्री भएका बेला मधेसलाई दुई प्रदेश बनाउने सहमति भएको स्मरण गर्दै अध्यक्ष त्रिपाठीले मधेसवादी दलकै कारण मधेस ८ जिल्लामा सीमित भएको उल्लेख गरे ।
छापामार शैलीमा भएको एकीकरण छापामार शैलीमा टुक्रिएको बताउँदै उनले प्रदेशमा चुनाव गराउने समयमा भूगोलमा बेइमान गरेका कारण आफू एकीकरणमा नगएको बताए ।
अहिलेको मधेसको राजनीति जातका आधारबाट विभाजन भएको उल्लेख गर्दै अध्यक्ष त्रिपाठीले मधेसमा मोर्चा बनाउनका लागि दलहरूको बिचमा सहमति हुनु आवश्यक रहेको बताए ।
वृषेश चन्द्र लाल

कार्यक्रममा तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष वृषेश चन्द्र लालले मधेश विद्रोहबाट प्राप्त उपलब्धिहरुको रक्षाको लागि मधेश केन्द्रित दलहरु बीच मोर्चाबन्दी देखी एकता सम्मको बाटो एक मात्र विकल्प रहेको बताए ।
मधेश केन्द्रित दलहरु बिभाजित हुँदा मधेशमै कमजोर भएको स्मरण गराउदै लालले अझै मोर्चाबन्दीमा नगए प्राप्त उपलब्धिहरु नै गुम्ने खतरा रहेको बताए ।
गजेन्द्र नारायण सिंह अध्ययन केन्द्रका अध्यक्ष अनिल महासेठको अध्यक्षतामा भएको उक्त कार्यक्रममा जसपाका सहअध्यक्ष रेणु यादव, जसपा नेपालका उपाध्यक्ष मा. राजकिशोर यादव, महासचिव रामकुमार शर्मा, प्रवक्ता मा. मनिष सुमन, संघीय समाजवादी पार्टीका महासचिव अनन्त राइ, नागरिक पहिलोका नेता प्रशान्त सिंह, मधेश क्रान्ति पार्टीका शैल कुमारी देवी, सुमन सायमी ,जनमत पार्टीका डा. शरद सिंह यादव, तमलोपका व्रजकिशोर सिंह , पत्रकार मोहन ंिसंह, अनन्त अनुराग सहितको सहभागिता रहेको थियो ।




