विकास निर्माणका काम सुरु गर्दा बिरोध गर्ने प्रवृत्तिको अन्त्य गर्न जरुरीः उपप्रधानमन्त्री सिंह



काठमाडौं, माघ १२ । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले विकास निर्माणका काम शुरु गर्दा बिरोध गर्ने प्रवृत्तिको अन्त्य गर्न जरुरी रहेको बताउनुभएको छ ।

काठमाडौंमा शनिवार अयाोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले केही भएन र गरेन भन्ने तर काम शुरु गरेपछि आफ्नो जग्गा थोरै प-यो भने बिरोध शुरु गर्ने प्रवृत्तिको अन्त्य गर्न जरुरी रहेको बताउनु भयो । उहाँले माघ १८ गतेबाट संसदको अधिवेशन आह्वान भएकाले बाँकी रहेका विधेयकहरु पारित गर्नेगरी अघि बढ्ने बताउनु भयो । उहाँले अस्वस्थ प्रतिष्पर्धाबाट आएकाहरुको जयजयकार हुने गरेको भन्दै त्यसबाट देश कहाँ पुग्छ ? भन्दै प्रश्न गर्नुभयो । उहाँले सबैले नियमअनुसार आफ्नो कर्तव्य पूरा गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अस्वस्थ प्रतिष्पर्धा भएपछि जसले जे गरेपनि, जे बोलेपनि, जे लेखेपनि हुने, त्यस्तैको मात्रै जयजयकार हुने हो भने त देश कहाँबाट कहाँ पुग्छ र ? सिस्टममा त हामी जानुपर्छ नि । यि सबै कुरालाई मनन गरेर अहिले सार्वजनिक जग्गाको जुन अहिले पार्क बनाउने कुरा भइरहेको छ । त्यो प्रोसेस अगाडि बढाउँला । वागमती, विष्णुमतीदेखि लिएर अरु नदीनालाहरु सबैको तपाईंहरुले एउटा कुरा के ख्याल गर्नुप¥यो भने सुप्रिम कोर्टले के निर्देश ग-यो भन्दा नदीनालाको अहिले जे जति छ, त्यसको किनार अझ २० मिटर थप गर्ने भनेको छ । मान्छेहरुमा यहाँ त असुरक्षाको वातावरण भयो । बैंकहरुले पनि जसले धितो राखेको छ, त्यो चाँडै फर्काउ, किनभने तिमीहरुको केही बाँकी रहँदैन ।

सरकारले यो हटाउने भयो । सुप्रिम कोर्टको निर्देशनअनुसार भन्यो । त्यसमा हामीले भ्याकेटमा जानको लागि शहरी विकास मन्त्रालयकै नेतृत्वमा कमिटी गठन गरेर १६/१७ लाख जनताको आवास असुरक्षित हुने भएको कारणले अहिले लागू गर्न सकिँदैन भन्नेकुरालाई कोर्टमा गएर भ्याकेटको मुद्दा चलिरहेको छ । यो गर्नुप-यो, त्यो गर्नुप-यो भन्छ । लागू गर्न लाग्यो भने आफ्नो त्यहाँ एक इन्च जग्गा प-यो भने बिरोध गर्न शुरु गर्छ । अहिले यो सरकार बनेको छ । यो सरकारले खास गरेर बाँकी रहेको समयमा १८ गतेदेखि त हाम्रो अधिवेशन शुरु हुन्छ । बाँकी रहेका बिल्सहरुलाई कानूनमा परिणत गर्ने कामदेखि लिएर सबै त्यसमा हामीले जोड दिएर अघि बढ्छौँ ।’

उपप्रधानमन्त्री सिंहले जनताले चाहेअनुसारको व्यवस्था र सुधार आएको बताउनु भयो । काठमाडौंको एक नम्बर निर्वाचन क्षेत्रका मतदाताहरुको विश्वासका कारण नै आफू अहिलेको स्थानमा रहेको बताउनु भयो ।

प्रकाशित मिति: २०८१ माघ १२, शनिवार १३:०६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको