जनकपुरधाम, माघ १३ । ताप्लेजुङ्गको पाथीभारा क्षेत्रमा केवलकार जडान गर्ने कार्यको स्थानीयवासीले विरोध गर्दा प्रहरीले चलाएको गोली लागि तीन जना गम्भी घाइते भएको घटना प्रति जनता समाजवादी पार्टी नेपालले घोर आपत्ति जनाएको छ ।

जसपा नेपालका प्रवक्ता मनिष सुमनले आइतवार एक विज्ञप्ति जारी गरि भाषा, धर्म , अधिकार र पहिचान मेटिने भन्दै गरिरहेको आन्दोलनका आन्दोलनकारीहरु माथि प्रहरीद्वारा भएको अन्धाधुन्ध गोली प्रहार बाट यामबहादुर लिम्बू, सगुन लावती र धर्मवान पालुङ्वा गम्भीर घाइते भएको घटना प्रति गम्भीर ध्यानाकर्ष भएको जनाएको छ ।
शान्तिपूर्ण आन्दोलनको तयारी गरि रहदा राज्यले मान्छे नै ताकेर गोली प्रहार गरिएको घटना अत्यन्त निन्दनीय तथा भत्र्सनायोग्य रहेको उल्लेख गर्दै प्रवक्ता सुमनले केवलकार निर्माण कार्य अविलम्ब बन्द गरि आन्दोलनकारीमाथि प्रहरीको दमन तत्काल रोक्न मांग गरेको छ ।
विज्ञप्तिमा घाइते आन्दोलनकारीहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै घाइतेहरुको सम्पूर्ण उपचारको व्यवस्था गराउन सरकार संग मांग समेत गरेको ।
घटनामा परिघाइते भएका तीनै जनालाई थप उपचारको लागि काठमाण्डौ पठाइएको छ ।




