सुनचाँदीको मूल्य घट्यो



काठमाडौँ, माघ १५ । स्थानीय बजारमा आज सुनको मूल्यमा केही कमी आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबारको तुलनामा आज छापावाल सुनको मूल्य तोलामा रु ९०० सयले घटेको छ ।

आज एक तोला छापावाल सुनको मोल रु एक लाख ५९ हजार २०० कायम भएको महासङ्घका जनाएको छ । सोही परिमाणको सुनको मूल्य सोमबार रु एक लाख ६० हजार १०० मा कारोबार भएको थियो ।

यसैगरी, सोमबार रु एक हजार ८५० कायम भएको एक तोला चाँदीको मूल्य आज रु १५ ले घटेर रु एक हजार ८३५मा कारोबार भइरहेको महासङ्ले जनाएको छ ।

प्रकाशित मिति: २०८१ माघ १५, मंगलवार ११:५१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको