सुनचाँदीको भाउ बढ्यो



काठमाण्डौ, माघ १६ । सुनको भाउ आज एकैदिन तोलामा एक हजार चार सय रुपैयाँले बढेको छ । सुन आज तोलामा एक हजार चार सय रुपैयाँले बढेर एक लाख ६० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ५९ हजार दुई सय रुपैयाँ रहेको थियो ।

यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदी आज तोलामा २० रुपैयाँले बढेर एक हजार आठ सय ५५ रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको एक हजार आठ सय ३५ रुपैयाँ रहेको थियो ।

प्रकाशित मिति: २०८१ माघ १६, बुधवार ११:२२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको