प्रमोद साहले छाडे जसपा नेपाल



जनकपुरधाम, माघ १७ । जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य प्रमोद साहले पार्टी परित्याग गरेका छन् । पार्टीको संगठन विभागमा समेत रहेका पूर्वसांसद साहले साधारण सदस्यसमेत नरहनेगरी राजीनामा दिएको जानकारी दिए ।

आज (बिहीबार) विज्ञप्ति जारी गर्दै उनले  २७ वर्षको मधेश केन्द्रित राजनीतिको लामो यात्रापश्चात् पहिलो पल्ट राजीनामा दिएको उल्लेख गरेका छन् । ‘आजबाट आफूले सम्हाल्दै आएको केन्द्रीय सदस्य, संगठन विभाग र पार्टीको साधारण सदस्य समेतबाट २७ वर्षको मधेश केन्द्रित राजनीतिको लामो यात्रापश्चात् पहिलो पल्ट राजीनामा गर्दछु,’ विज्ञप्तिमा उनले लेखेका छन् ।’

२७ वर्षको राजनैतिक यात्रामा मलाई असाध्यै माया, ममता, सहयोग र समर्थन गर्ने सबैलाई उनले धन्यवाद दिएका छन् । अगामी दिनको यात्राको लागि सुझाव, सल्लाह र सहयोगको अपेक्षा पनि उनले गरेका छन् ।

२०५३ सालमा नेपाल सदभावना पार्टीको भातृ संगठन नेपाल विधार्थी मंचबाट राजनीतिक यात्रा शुरू गरेका साह २०७४ सालमा प्रतिनिधि सभाको चुनाव सर्लाहीको क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए । २०७९ सालमा जनता समाजवादी पार्टी नेपालबाट चुनाव उठे पनि उनी पराजित भएका थिए ।

गत असार जनता समाजवादी पार्टी (जसपा) नेपालको जनकपुरधाममा भएको महाधिवेशनमा उनले सचिवमा उम्मेदवारी दिएका थिए । तर चुनाव भएन । सबै अधिकार केन्द्रीय अध्यक्षमा निहित गरेर मन पर्ने व्यक्तिलाई पदाधिकारी एवं कार्यकारिणीमा नियुक्त गरिएको उनको भनाइ छ । उनी अध्यक्ष उपेन्द्र यादवसँग असन्तुष्ट रहँदै आएका थिए ।

प्रकाशित मिति: २०८१ माघ १७, बिहिवार १२:०६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको