सुनको भाउ घट्यो, चाँदीको भाउ कति ?



जनकपुरधाम, माघ १७ । सुनको भाउ आज तोलामा एक सय रुपैयाँले घटेकाे छ ।

सुन आज तोलामा एक सय रुपैयाँले घटेर एक लाख ६० हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ६० हजार छ सय रुपैयाँ रहेको थियो ।

यस्तै आज चाँदीको भाउ भने बढेको छ । चाँदी आज तोलामा ३० रुपैयाँले बढेर एक हजार आठ सय ८५ रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको एक हजार आठ सय ५५ रुपैयाँ रहेको थियो ।

प्रकाशित मिति: २०८१ माघ १७, बिहिवार ११:५१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको