काठमाण्डौ, माघ १८ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले भ्रष्टाचार र भ्रष्टाचारीहरुको संरक्षणमा सरकार नै लागिरहेको आरोप लगाउनुभएको छ । आज प्रतिनिधि सभा बैठकमा बोल्दै अध्यक्ष लिङदेनले अहिलेसम्मको स्थिति हेर्दा सरकारले भ्रष्टाचार र भ्रष्टाचारीहरुको संरक्षणमा नै लागिरहेको महशुस गरेको उल्लेख गर्नुभयो ।
अध्यक्ष लिङदेनले निरन्तर रूपमा हुने कामलाई देखाएर सरकारले छ महिनाको उपलब्धि सुनाएको बताउनुभयो । उहाँले सरकार नभएको भएर सिद्धबाबाको सुरुङ मार्ग ब्रेक थ्रु र विद्युत् व्यापारको लागि बङ्गलादेशसँग सम्झौता हुने थिएन ? भन्दै प्रश्न गर्नुभयो ।
अध्यक्ष लिङदेनले कांग्रेस र एमाले मिलेर बनेको सरकारको उपलब्धी सुन्दा देशमा सरकार छैन भने अभास भएको बताउनुभयो । उहाँले सरकारले सुशासनको क्षेत्रमा कुनै पनि काम गर्न नसकेको उल्लेख गर्नुभयो ।
अध्यक्ष लिङ्देनले निरासा जनतलाई आशा जगाउन समेत सरकारले नसकेको बताउनुभयो । उहाँले देशमा विदेशी मुद्रा सञ्चिति बढेको अहिलेको सरकारले नभइ नेपाली नागरिक बेचेर आएको दाबी गर्नुभयो । सरकारले रेमिट्यान्समार्फत आएको पैसासमेत खर्च गर्न नसकेको उल्लेख गर्नुभयो ।




