नेपाल कबड्डी लिगमा आज जनकपुर र काठमाण्डौ खेल्दै



जनकपुरधाम, माघ १८ । नेपाल कबड्डी लिग (एनकेएल) को उपाधिका लागि आज जनकपुर नाइट्स र काठमाण्डौ माभरिक्स खेल्दै छन् । त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालाको कभर्डहलमा फाइनल खेल बेलुका साढे ६ बजे शुरू हुनेछ ।

जनकपुर लिग चरणमा चार जीत र एक बराबरीका साथ शीर्षस्थान रह्यो । उसले क्वालिफायरमा विराटनगर ब्यान्डिट्सलाई पराजित गर्दै फाइनलमा पुगेको हो । त्यस्तै लिग चरणमा काठमाण्डौ तीन जीत, एक बराबरी र एक हारसँगै तेस्रो भएको थियो ।

त्यसपछि काठमाण्डौले इलिमिनेटरमा धनगढी वाइल्डक्याट्स र क्वालिफाइरमा विराटनगरलाई हराउँदै उपाधि नजिकै पुगेको हो । नेपालमा पहिलो पटक भएको फ्रेन्चाइज कबड्डीको प्रतियोगिता गएको माघ ४ गतेदेखि शुरू भएको हो । प्रतियोगितामा विभिन्न शहरका ६ वटा टोली सहभागी थिए ।

प्रकाशित मिति: २०८१ माघ १८, शुक्रवार १२:१३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको