जनकपुरधाम, माघ १९ । जनता समाजवादी पार्टी नेपालको केन्द्रिय कार्यकारिणी समितिको बैठक जारी रहेको छ ।
बैठकमा पार्टीद्वारा जारी ‘जनता संग जसपा नेपाल, आधारभूत संगठन निर्माण अभियानको प्रगति, केन्द्रिय विभागहरुको अनुमोदन, सल्लाहकार समितिको गठन , पार्टीद्वारा गठित विभिन्न कार्यदलको प्रतिवेदन, अगामी संगठनात्मक एवं राजनीतिक कार्ययोजना सहितको प्रस्ताव माथि छलफल भै रहेको महासचिव राम कुमार शर्माले बताएका छन ।
केन्द्रिय कार्यालय बालकुमारीमा आज बाट भएको भएको बैठकमा पहिलो दिन संगठन निर्माण अभियानको प्रगतिको विषयमा नेताहरुको बोल्ने क्रम जारी रहेको महासचिव शर्माले बताए ।
अभियानका प्रदेश प्रभारीहरु सहित पहिलो दिन २२ जना नेताहरुले आफनो धारणा राखेका छन । बाँकी नेताहरु भोली बोल्ने र त्यस अन्य प्रस्तावमा प्रवेश हुने उनले बताए ।




