सुनको भाउ आज पनि स्थिर, चाँदीको भाउ घट्यो



काठमाण्डौ, माघ २१ । सुनको भाउ आज पनि यथावत् रहेको छ । सुनको भाउ हिजोजस्तै तोलामा एक लाख ६२ हजार आठ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । शुक्रवारदेखि सुनको भाउ स्थिर रहेको छ ।

यस्तै आज चाँदीको भाउ घटेको छ । चाँदीको भाउ तोलामा १५ रुपैयाँले घटेर एक हजार आठ सय ९५ रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ एक हजार नौ सय १० रुपैयाँ रहेको थियो ।

प्रकाशित मिति: २०८१ माघ २१, सोमवार ११:४०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको