अबैधरुपमा ल्याइएको मोटर पार्टस र मोबिल प्रहरी नियन्त्रणमा



सप्तरी, माघ २२ । भारतबाट भन्सार छली अबैधरुपमा ल्याउँदै गरेको मोटरसाईकल पार्टपुर्जा र मोबिल लगायतका सर समान सप्तरी प्रहरीले नियन्त्रणमा लिएको छ ।

इलाका प्रहरी कार्यालय विष्णुपुरबाट खटिएको गस्ती टोलीले भारतबाट अबैधरुपमा ल्याउँदै गरेको १ लाख २३ हजार ८ सय ४० रुपैया मूल्य बराबरको मोटरसाईकल तथा स्कुटीका पार्टपुर्जा मंगलवार नियन्त्रणमा लिएको प्रहरीेले जनाएको छ ।

विष्णुपुर गाउँपालिका–७ विष्णुपुृर चौक नजिकै गस्तीमा रहेका टोलीलाई देख्नासाथ बोरामा राखेर टाउकोमा बोकी पैदलै आउदै गरेका तस्करले उक्त मालसमान सडक मै फालेर भागेको जिल्ला प्रहरी कार्यालृय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरिक्षक जीतेन्द्र कुमार वस्नेतले जानकारी दिए ।

उक्त सरसमान मंगलवार नै राजविराज भन्सार कार्यालयलाई बुझाइएको प्रहरीले जनाएको छ । मोटरपार्टस, किराना, इलोक्ट्रोनिक्स कपडा लगायत विभिन्न समाग्री भारतमा सस्तोमा पाइने हुदा तस्करहरु चोरबाटोको प्रयोग गर्दै विभिन्न नाकाबाट अबैधरुपमा मालसमान भित्र्याउन थालेपछि अहिले सीमानाकामा कडाई गरिएको प्रहरीको भनाई छ ।

प्रकाशित मिति: २०८१ माघ २२, मंगलवार १९:०६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको