गोली चलाएर नियन्त्रणमा लिइयो लागुऔषध कारोबारी



जनकपुरधाम, माघ २३ । झापा प्रहरीले गोली प्रहारगरी लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिएको छ ।

मंगलबार झापाको कनकाई नगरपालिका–४ स्थित कुमरखोदबाट सुरुङगातर्फ आउँदै गरेको भारतीय नम्बरप्लेटको मोटरसाइकलमा सवार दुई भारतीय नागरिकलाई प्रहरीले गोली प्रहार गरी नियन्त्रणमा लिएको हो ।

प्रक्राउ पर्नेमा भारतको डिगल बैंक थाना–५ बिहारका २८ वर्षका अन्जार आलम र सोही ठाउँका १९ वर्षका युसुब आलम रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

रोक्न खोज्दा प्रहरीलाई मोटरसाइकलले ठक्कर दिएर भाग्न खोजेपछि चार राउन्ड गोली चलाइएको प्रहरीले बताएको छ । गोली चलाउँदा अन्जरको घुँडामुनि एक राउन्ड गोली लागेको छ ।
अन्जरको उपचार प्रादेशिक अस्पताल भद्रपुरमा भइरहेको छ ।

अन्जरको साथबाट ३० ग्राम ६९० मिलिग्राम प्रतिबन्धित लागुऔषध ब्राउन सुगर फेला परेको प्रहरीले बताएको छ । पक्राउ पर्ने अन्जर र युसुब सहोदर दाजुभाइ रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति: २०८१ माघ २३, बुधवार ०८:३८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको