अन्तर्राष्ट्रिय फौजदारी अदालतविरुद्ध ट्रम्पको प्रतिबन्ध



जनकपुरधाम, माघ २५ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्तर्राष्ट्रिय फौजदारी अदालतविरुद्ध प्रतिबन्ध लगाएका छन् । ट्रम्पले एक कार्यकारी आदेशमा हस्ताक्षर गर्दै अन्तर्राष्ट्रिय फौजदारी अदालतविरुद्ध प्रतिबन्ध लगाएका हुन् ।

अन्तर्राष्ट्रिय फौजदारी अदालतमाथि अमेरिका र इजरायलविरुद्ध अनुचित र आधारहीन कारबाही गरेको आरोप लगाइएको छ ।
यो आदेशले आईसीसीका अधिकारीहरू र उनीहरूका परिवारका साथै अदालतको अनुसन्धानमा सहयोग गर्ने व्यक्तिहरूमाथि आर्थिक र भिसा प्रतिबन्ध लगाउनेछ ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको वाशिंगटन भ्रमणको क्रममा ट्रम्पले यो आदेशमा हस्ताक्षर गरेका हुन् ।

नोभेम्बर २०२४ मा अन्तर्राष्ट्रिय फौजदारी अदालतले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुविरुद्ध पक्राउ वारेन्ट जारी गरेको थियो ।

आईसीसीले नेतन्याहुलाई गाजामा युद्ध अपराधको आरोप लगाएको थियो । उक्त आरोप इजरायलले अस्वीकार गरेको थियो । आईसीसीले हमास कमाण्डरविरुद्ध पनि वारेन्ट जारी गरेको थियो ।
स्रोत ः बीबीसी

प्रकाशित मिति: २०८१ माघ २५, शुक्रवार ०९:५५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको