जनकपुरधाम, माघ २६ । भारतको दिल्लीमा राज्य सभाको लागी सम्पन्न निर्वाचनमा मोदी म्याजिक चलेको छ ।
आज जारी मतगणना अनुसार २७ वर्षपछि दिल्लीमा फेरि भारतीय जनता पार्टी –भाजपा) को सरकार बन्ने देखिएको छ । भारतको निर्वाचन आयोगका अनुसार, विधानसभा निर्वाचनमा भाजपा २९ सिट जितिसकेको छ र १९ सिटमा अग्रता लिएको छ, जसको कुल संख्या ४८ छ।
आम आदमी पार्टी (आप) ले १७ सिट जितेको छ भने ५ सिटमा अग्रता लिएको छ, जसको कुल संख्या २२ पुगेको छ। कांग्रेसले कुनै सिट जित्न सकेको छैन।
यो नतिजाले ठूलो राजनीतिक परिवर्तन देखाएको छ । आपका नेता अरविन्द केजरीवाल स्वयं नयाँ दिल्लीबाट पराजित भएका छन् भने मनीष सिसोदिया पनि जंगपुरामा पराजित भएका छन्।
तर, मुख्यमन्त्री आतिशी कालकाजीबाट विजयी भएकी छन्। अर्का नेता सत्येन्द्र जैनले पनि चुनाव हारेका छन् ।
यसैबीच, केजरीवाललाई हराउने भाजपा उम्मेदवार प्रवेश वर्मा अमित शाहलाई भेट्न पुगेका छन्।
दिल्लीमा भाजपा मुख्यालयमा विजयोत्सव मनाइरहेको भारतीय सञ्चार माध्यमहरूले लेखेका छन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी साँझ ७ बजे पार्टी मुख्यालय पुगेर कार्यकर्ताहरूलाई सम्बोधन गर्नेछन्।






