२० बुँदे माग अघि सार्दै कोशी बाँधमा मलाह समुदायको अनशन निरन्तर



राजविराज, माघ २८ । मलाह समुदायका अगुवाहरुले मत्स्य मन्त्रालयको स्थापना सहित विभिन्न २० बुँदे माग अघि सार्दै कोशी बाँधमा थालेको अनिश्चितकालिन रिले अनसन सामबार चौथो दिन पनि जारि छ ।

मलाह जातीको जातीय संगठन नेपाल मलाह कल्याण संघको अगुवाईमा माघ २५ गतेदेखी कोशी बाँधमा मञ्च निर्माण गरी अनिश्चितकालिन रिले अनसन सूरु गरिएको हो । अनशनको चौथो दिन बुधाई मुखियाको नेतृत्वमा इन्द्रजित मुखिया, सुखीलाल मुखिया, महेश मुखिया, उमेश मुखिया, धर्मदेव मुखिया, सुकदेव मुखिया, दिपक मुखिया, रामदेव मुखिया, रामदेव मुखिया, प्रभु मुखिया, हेमु मुखिया र रामचन्द्र मुखिया लगायत १३ जना रिले अनसनमा वसेका छन ।

सरकारी स्वामित्वमा रहेका मत्स्य फारम, सीमसार र रिजभ्र्यार आदीमा मलाह जातीलाई ५० प्रतिशत आरक्षण, संघीय र प्रदेशमा मत्स्य मन्त्रालयको स्थापना, मलाह जातीका बालबालिकालाई स्नातकोत्तर सम्म निःशुल्क शिक्षा र जग्गाविहीन मलाहलाई जग्गाको व्यवस्था गरिनु पर्ने संघले प्रमुख मागका रुपमा उठाएका छन ।

यस्तै सरकारले लगाउदै आएको पोखरी, नदी, दह, खोलानाला, तालतलैया, तारघाट र नदीमा बगी आएको काठ दाउरा संकलन लगायतका ठेक्का कार्य मलाह जातीलाई मात्र दिनु पर्ने, जलसेनाको स्थापना गरी ५० प्रतिशत मलाह जातीको सेना राखिनु पर्ने लगायतका २० बुंदे माग संघले अघि सारेको छ ।

यस अघि २०६४ साल देखी २० बुंदे माग सहित पटक पटक तत्कालिन सरकारका प्रमुखहरुलाई ज्ञापन पत्र बुझाएपनि आश्वासन बाहेक केही नपाइएको उनीहरुको गुनासो छ । पछिल्लो पटक पुष १८ गते प्रधानमन्त्री, गृहमन्त्री लगायतका सरोकारवाला निकायका प्रमुखहरुलाई ज्ञापन पत्र बुझाएपनि माग सम्बोधनको कुनै पहल नभएकाले बाध्य भई संघर्षको बाटो रोज्नु परेको संघका सल्लाहकार भोला मुखियाको भनाई छ ।

अनिश्चितकालिन रिले अनसनबाट पनि आपृmुहरुको माँग उपर सुनवाई नभए दोश्रो चरणमा आन्दोलनका थप शसक्त कार्यक्रमहरु अघि बढाइने संघका सल्लाहकार भोला मुखियाले बताए । आन्दोलन कार्यक्रममा झापा देखी पर्सा सम्मका संघका पदाधीकारी र मलाह जातीका अगुवाहरुको सहभागीता रहेको संघले जनाएको छ ।

 

प्रकाशित मिति: २०८१ माघ २८, सोमवार १९:२५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको