ग्यास उद्योग संघद्वारा आन्दोलनको घोषणा, फागुन २२ देखि ग्यास बिक्री बन्द गरिने



जनकपुरधाम, माघ २९ । नेपाल एलपि ग्यास उद्योग संघले सरकार संग भएको सम्झौता कार्यान्वयनमा दवाव दिन आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ ।

संघले आज सवै ग्यास ट्रान्सपोटरहरुलाई जानकारी गराउन जारी गरेको विज्ञप्तिमा भनिएको छ–‘नेपाल सरकार तथा नेपाल आयल निगम समक्ष राखेका १९ बुदे माग पुरा गराउने सन्दर्भमा नेपाल आयल निगम संग वार्ता भईरहेको तर, साकारात्मक परिणाम निस्की नसकेको हुनाले ट्रान्सपोर्टरहरुलाई कार्यहरु नगर्न नगराउन हुन अनुरोध छ ।’

जारी परिपत्र अनुसार माघ ३० गतेबाट प्रोडक्ट डेलिभरी अडर खरिद नगर्ने नगराउने, फागुन १ गते देखि ५ गते सम्म सवै ग्यास उद्योगहरुले विरोधका कार्यक्रमहरु संचार माध्ययम मार्फत आम उपभोक्ताहरुलाई जानकारी गराउने, फागुन ६ गते देखि भारतको इन्डियन आयलका नेपालका लागि लोड हुने एलपी ग्यासको ग्यास बुलेट कुनै पनि लोड नगर्ने नगराउने, फागुन १२ गते देखि ग्यास बुलेटहरु भन्सार नाकाबाट नछुटाउने, फागुन १८ गते देखि सवै उद्योगहरुका जायज मागहरु सम्वोधन नभएमा अनिश्चित कालिन बन्द गर्ने र फागुन २२ गते देखि देश भरका ग्यास बिक्रेता डिपोहरुले ग्यास बिक्री बन्द गर्ने रहेको छ ।

प्रकाशित मिति: २०८१ माघ २९, मंगलवार १४:४८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको