काठमाडौं, माघ २९ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज (मंगलबार) पनि बस्दै छ ।
बैठक दिउँसो एक बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ । बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले निकासी पैठारी नियमन विधेयक, २०८१ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव’ प्रस्तुत गर्ने कार्यसूची रहेको छ । मन्त्री भण्डारीले ‘निकासी पैठारी नियमन विधेयक, २०८१’ पनि प्रस्तुत गर्ने छन् ।
यस्तै, प्रधानमन्त्री के।पी। शर्मा ओलीले ‘राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदन सहितको राष्ट्रियसभामा उत्पत्ति भएको भ्रष्टाचार निवारण पहिलो संशोधन विधेयक, २०७७ माथि छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।
यसैगरी, प्रधानमन्त्रीले ‘भ्रष्टाचार निवारण पहिलो संशोधन विधेयक, २०८१ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने छन् ।




