शनिवार सम्म सबै बन्धक रिहा गर्न हमास लाई ट्रम्पको चेतावनी



जनकपुरधाम, माघ २९ । हमासले गाजाबाट इजरायली बन्धकहरूको रिहाइ रोक्ने घोषणा गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कडा चेतावनी दिएका छन् ।

ट्रम्पले हमासले शनिबार दिउँसो १२ बजेसम्ममा सबै बन्धकहरूलाई रिहा गर्नुपर्ने बताएका छन् ।



ट्रम्पले गाजा युद्धविराम सम्झौताको भविष्यका लागि हमासलाई समयसीमा दिएका छन् ।

“यदि, शनिबार दिउँसो १२ बजेसम्ममा सबै बन्धकहरूलाई रिहा गरिएन भने युद्धविराम सम्झौता रद्द हुनेछ,” उनले भने, “अब सबै बाटो बन्द छन् । मलाई लाग्छ यो पर्याप्त समय हो ।”

ट्रम्पले सबै बन्धकहरूलाई एकैचोटि रिहा गरिने आशा व्यक्त गरेका छन् । एकैपटक रिहा नभए त्यसको परिणाम के हुन्छ हमासले बुझ्ने उनको उनको चेतावनी छ ।

हमासले के भन्यो रु

यसअघि हमासले इजरायली बन्धकहरूको रिहाइ रोक्ने बारेमा उल्लेख गरेको थियो । हमासले इजरायलमाथि युद्धविराम सम्झौता उल्लंघन गरेको आरोप लगाएको छ ।

हमासले विज्ञप्तिमा भनेको छ, “विगत तीन हप्तामा हाम्रो नेतृत्वले विपक्षीले बारम्बार युद्धविराम सम्झौताको उल्लंघन गरिरहेको र सम्झौताका सर्तहरू पालना नगरेको देखेको छ ।”

यसले उत्तरी गाजामा विस्थापित प्यालेस्टिनीहरूको फिर्तीमा ढिलाइ हुने विज्ञप्तिमा उल्लेख रहेको बीबीसीले जनाएको छ ।

हमासमाथि गाजा पट्टीका धेरै क्षेत्रमा गोलीबारी गरेको आरोप पनि लागेको छ ।

प्रकाशित मिति: २०८१ माघ २९, मंगलवार १०:११

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको