सुनको भाउ बढ्यो



काठमाण्डौ, माघ २९ । सुनको भाउ आज ६ सय रुपैयाँले बढेको छ । सुनकाे भाउ आज ६ सय रुपैयाँले बढेर तोलाको एक लाख ७० हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलाको एक लाख ६९ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो । पछिल्लो समय सुनको भाउ लगातार बढिरहेको छ ।

त्यस्तै आज चाँदीको भाउ भने घटेको छ । आज चाँदीको भाउ ३० रुपैयाँले घटेर ताेलाकाे एक हजार नौ सय ४५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

प्रकाशित मिति: २०८१ माघ २९, मंगलवार १२:१५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको