अयोध्याको राम मन्दिरका मुख्य पुजारी दासको निधन



जनकपुरधाम, माघ ३० । भारतको अयोध्याको रामलला मन्दिरका मुख्य पुजारी आचार्य सत्येन्द्र दासको निधन भएको छ । उनको ८५ वर्षको उमेरमा बुधबार बिहान ७ बजे लखनउ पीजीआईमा निधन भएको हो ।

गत ३ फेब्रुअरीमा उनलाई मस्तिष्क घात भएको थियो । उनको पार्थिव शरीरलाई अयोध्या ल्याइने छ । उनको आश्रम सत्य धाम गोपाल मन्दिरमा अन्तिम दर्शनका लागि राखिने छ ।



दास ३२ वर्षदेखि राम जन्मभूमिमा मुख्य पुजारीका रुपमा सेवारत थिए । उनले ६ डिसेम्बर १९९२ मा बाबरी विध्वंशको समयमा रामललालाई काखमा लिएर भागेका थिए ।

उनको जन्म सन् १९४५ को २० मे मा सन्तकबरनगर जिल्लामा भएको थियो । उनी आफ्ना पिता अभिराम दाससँग पहिलो पटक अयोध्या आएका थिए ।

अभिराम तिनै थिए जसले राम जन्मभूमिमा सन् १९४९ को २२ र २३ डिसेम्बरमा गर्भगृहमा राम, लक्ष्मण, भरत, शत्रुघ्न र सीताको मूर्ति प्रकट भएको दाबी गरेका थिए ।

प्रकाशित मिति: २०८१ माघ ३०, बुधबार १३:०४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको