सुनको मूल्य बढ्यो



काठमाडौँ, फागुन १ । नेपाली बजारमा बिहीबार सुनको मूल्य वृद्धि भएको छ । अघिल्लो दिनको तुलनामा बिहीबार छापावाल सुनको मूल्य तोलामा २ हजार ३०० रुपैयाँ बढेको हो ।

जसअनुसार बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६९ हजार ८०० रुपैयाँ कायम भएको छ । यसअघि बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६७ हजार ५०० रुपैयाँ कायम भएको थियो ।

यस्तै बिहीबार चाँदीको मूल्य पनि बढेको छ । बुधबार तोलामा १ हजार ९३० रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार बढेर १ हजार ९६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति: २०८१ फाल्गुन १, बिहिवार ११:११

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको