जनकपुरको विद्यालयहरुको निरीक्षण गर्ने जिम्मा वडाध्यक्षलाई



जनकपुरधाम, फागुन ५ । जनकपुरधाम उप–महानगरपालिका भित्र रहेको निजी तथा सामुदायिक विद्यालयहरुको निरीक्षण गर्ने जिम्मा वडाध्यक्षहरुलाई लगाईएको छ । विद्यालय अनुगमन, निरीक्षण गर्ने जिम्मा शिक्षा समिति, शिक्षा महाशाखा र मेयर तथा उपमेयरको हुन्छ तर, जनकपुरधाम उपमहानगरपालिकाले वडाहरुसंग निजि विद्यालयहरुको विवरण मागेको छ । उपमहानगरको शिक्षा तथा खेलकुद शाखाले एक पत्र लेख्दै वडाभित्र संचालनमा रहेका निजि विद्यालयहरुको विवरण माग गरेको छ ।

उपमहानगरको गत पुस २ गतेको बैठकबाट वडाहरुसंग निजी विद्यालयहरुको विवरण माग गर्ने निर्णय गरिएपनि सो अनुसार विवरण उपलब्ध नगराइएकाले पुन फागुन ४ गते पत्र लेख्दै ३ दिन भित्र विवरण उपलब्ध गराउन वडाहरुलाई भनिएको छ । यसका साथै विवरण संकलन गर्दा ती विद्यालयहरुको अनुगमन गरी कति कक्षासम्मको अनुमति लिएको, कति कक्षासम्म संचालन भईरहेको, विद्यालय संचालनकालागि नियमानुसार अनुमति लिए नलिएको विवरण समेत उल्लेख गर्न जनकपुरधाम उपमहानगरको शिक्षा तथा खेलकुद शाखाका प्रमुख धीरेन्द्र लाल कर्णद्वारा हस्ताक्षरित पत्रमा उल्लेख गरिएको छ ।

जवकी सम्वन्धित शिक्षा तथा खेलकुद शाखाकै ती कामहरु छन् । मेयर उपमेयर र सम्वन्धित शाखाको लापरबाहीकै कारण यहाँका निजी तथा संस्थागत विद्यालयहरुको अवस्था दयणीय बन्दै गएको छ ।

प्रकाशित मिति: २०८१ फाल्गुन ५, सोमबार १४:५८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको