काठमाडौं, चैत २२ । देशभरका शैक्षिक संस्थामा नयाँ शैक्षिक सत्र आगामी वैशाख १५ गतेदेखि सुरु गर्ने निर्णय सरकारले गरेको छ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो। सरकारका प्रवक्ता तथा शिक्षा मन्त्री सस्मित पोखरेलका अनुसार २०८३ साल वैशाख १५ गतेदेखि नयाँ शैक्षिक सत्र सञ्चालनमा ल्याइनेछ।
यसैबीच, सरकारले पेट्रोलियम आपूर्तिमा देखिएको असहजतालाई मध्यनजर गर्दै सरकारी कार्यालय र शैक्षिक संस्थामा शनिबार र आइतबार बिदा दिने निर्णयसमेत गरिसकेको छ।






